साझा नेटवर्क
चुरामणि तिमिल्सिना, गुल्मी भदौ १९।
पहिलो पाइला नेपाल तानसेन शाखाले शनिबार औपचारिक कार्यक्रमका साथ ४६ बर्षिय मृगौला पिडित लक्ष्मी सुनारलाई उहाँकै घर दैलोमा पुगि सहयोग गरेको छ ।
युवाहरूको सक्रियता रहेको सामाजिक सस्थाले रिब्दीकोट गाउँपालिका वडा नं ७ डबका पाल्पाकी मृगौला पिडित लक्ष्मी सुनारलाई दाल,चामल,चिनि,तेल,आलु, चिउरा लगाएतका खाधान्न सामाग्री हस्तान्तरण गरेको संस्थाका सचिब सुभास पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य सुरेश रायमाझीले सस्थाले समाजमा कम अवसर पाएका तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई केन्द्र विन्दुमा राखी सामाजिक कार्य गरेको बताउनुभयो । पहिलो पाइला नेपाल तानसेन शाखाले विगतका दिनहरूमा निरन्तर सामाजिक कार्यलाई निरन्तरताका साथ अगाडि बढाएको बताउदै आगामी दिनमा सामाजिक हित हुने कार्यक्रमहरू लाई निरन्तरताको साथ अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लेख बहादुर कुवरले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै आगामी यस्ता सहयोग गर्ने कार्यक्रममा यो संस्था निरन्तर लाग्ने बताउनु भयो। कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष ईश्वर ज्ञवाली,बुटवल शाखा सदस्य बबिता थापा,तानसेन शाखाका सहसचिब प्रदिप ज्ञवाली,कोषाध्यक्ष किशोर पौडेल,सदस्य सम्झना कार्की तथा समुदायका ब्याक्तित्वको उपस्थित रहेको थियो कार्यक्रमको सञ्चालन पहिलो पाइला नेपाल तानसेन शाखा सचिब सुबास पोखरेलले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend