साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ १९।
अर्घाखाँची नेकपा एमालेमा पहिरो गएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहितका जनप्रतिनिधिले शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन्। एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित अर्घाखाँचीका ४ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले बताए।
नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानका अनुसार पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम, सोही गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका–१ की वडा सदस्य सुमित्रा मुखिया, नेकपा एमाले बाङ्गी गाउँ कमिटीका अध्यक्ष तथा मालरानी गाउँपालिका–५ का वडा सदस्य डालबहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गराएका छन् ।
नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहान जिल्लाका लोकप्रिय युवा पुस्ताका नेता रुपमा चिनिन्छन छ। उनको प्रभावका करणले एमालेमा पहिरो गएको स्थानिको भनाइ रहेको छ। उनको कारणले नै अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुने सम्भावना बनेको देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend