साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ १७ ।

फाइल तस्विर
चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन गुल्मीले सदरमुकाम तम्घासमा बजार अनुगमन गरेको छ । बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन वेला वेलामा प्रशासनले बजार अनुगमन गर्ने गरेको छ ।
शुक्रवार जिल्ला प्रशासनको नेतृत्वमा सदरमुका तम्घास बजारको भिमचोक देखि पुतलिवजार सम्मका होटल, खाध्यन्न पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा केहि होटलहरुको भान्सा कोठा सफा नगरेको पाइएको थियो । अनुगमनको क्रममा केहि पसलहरुमा पसलको बोर्ड नराखेको र केहि होटलहरुले सरसफाई नगरेकोले सफा गर्न आग्रह गरिएको थियो ।
बजार अनुगमनमा व्यावसायिहरुलाई आफनो व्यावसाय दर्ता गरेर सगै म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण अनुगमन कर्ताले सुझाव दिएका थिए । अनुगमनमा एकै ठाउँ पटक पटक गल्ती दोहोरिएमा कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका नासु शालिकराम गैरै जानकारी गराउनु भएको थियो ।
अनुगमनमा जिल्ला प्रसासन कार्यालय गुल्मीका नासु शालकराम गैरे,गुल्मी उद्योग वाणिज्य संघका मनिराम अर्यालय,उपभोक्ता सञ्चका टोप बहादुर खत्री, होटल व्यवसायी मञ्च गुल्मीका भेषराज कँडेल, नेपाल पत्रकारहासंघ गुल्मीका कोषाध्यक्ष अनिल खत्री पत्रकारेय, प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend