logo
  • शुक्रबार, असोज ९ २०८३

रामकोटका महिला समुहद्वारा तिजको शुभकामना आदानप्रदान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

किरण अधिकारी, गुल्मी भदौ १९।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकीदै गरेको अवसरमा ईस्मा गाउँपालिका वडा नं ३  रामकोट का महिला दिदिबहिनिहरुले तिजको शुभकामना आदानप्रदान संगसगै नाचगान र  दरखाने कार्यक्रम सम्पन्न गरेका छन्।
कोरोना कहरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अप्पनाएर कार्यक्रम संचालन गरिएको थियो।  महिला दिदिबहिनिहरुमा बिच  वर्षैभरि रहेका दुख वेदना ह्रस उल्लासहरूलाई गितको माध्यमबाट निकै सुन्दर ढंगले प्रस्तुत गरिएको थियो। कोरोना माहामारीले गर्दा  चाडपर्व आएर पनि आएजस्तो नभएको बेला आजको यो कार्यक्रमले गाउघरमा तिज साच्चै भित्रिएको आभास भएको कार्यक्रम उपस्थित महिला दिदिबहिनिहरुको भनाई थियो।
कार्यक्रम केही समय औपचारिक रूपमा संचालन गरिएको थियो औपचारिक कार्यक्रमको सञ्चालन  कुस्मा कुवंर ले गरेकी थिइन्। शुभकामना मन्तव्य यसै गाउँकी महिला स्वास्थ्य स्वयं सेविका  राधिका खत्रीले  दिएकी थिइन्  भने कार्यक्रमको समापन सिर्जनसिल महिला समुहकी पुर्व अध्यक्ष  निर्मला खत्रीले गरेकी थिइन् साथै कार्यक्रम उपस्थिति सबैलाई धन्यवाद  टक्र्याएकी थिईन ।
अधिकाशं समय  महिला हरूकै  बारेमा खर्चिएकी कुस्मा ले  महिला  समुहहरू अब  एकेबद्ध भएर आगामी दिनहरुमा अगाडि बढ्नुपर्ने । समाज परिवर्तनको सम्बभ सम्बाहक सम्बाहक  महिलाहरु पनि भएको हुँदा  महिला हरूले अब आफ्नो दायित्व निर्वाह गर्नुपर्ने दिन आएको र समाजका हरेक ठाउँ हरूमा महिला  को ठूलो भुमिका रहेको हुँदा हरेक बाधा व्यबधान हरूलाई  पन्छाउँदै  नेतृत्वदायी भूमिका का साथ अगाडि बढ्न सक्ने सामर्थ्य लिनुपर्ने उनले बताइन्।

समाज परिवर्तन गर्न महिला को समुह  टुटेर हुदैन अब सम्पुर्ण महिला हरू जूटेर   मात्र सम्भव छ। कमिकमजोरी हरू  जस्कापनी हुन्छन ती सबै  सच्चाउदै आफुलाई निखार्दै  लैजाने‌ अहिलेको समय भएको हुँदा हिचकिचाहट र पछाडि हट्ने समय सकिएको र महिला दिदि बहिनि हरु अब निडर  आत्मविश्वासी हुदै  आत्मबल बढाउन समेत उनले आग्रह गरेकी थिइन्।

कार्यक्रम मा बोल्दै  मिना महत बिगतका कुरालाई छोडेर अब  नया र नवीन ढन्गले महिला समुहको पुनर्गठन गरी नितान्त सामाजिक सेवामा समर्पित हुनुपर्ने । समाजको निमित्त केही गरेर  महिला माथि औंला उठाउने हरूलाई  बोलिने होईन काम ले जवाफ दिनुपर्ने दिन आएको हुँदा  सबैले यतातिर ध्यानाकर्षण गर्नुपर्ने र  सम्पुर्ण  दिदी बहिनीहरुको आपसी सम्बन्ध समधुर प्रगाढ रहोस्  दरको  गुलियो खिर  जस्तै मिठो होस  सधैभरी । उनले भनिन्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend