logo
  • आइतबार, असोज ११ २०८३

गाउपालिका उपाध्यक्षद्वारा मर्चवारकै पहिलो ब्युटीपार्लर ट्रेनिङ्ग सेन्टरको उद्घाटन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ज्ञानेश्वर उपाध्याय, रुपन्देही भदौं १६ ।
रुपन्देहीको मर्चवारी गाउपालिका उपाध्यक्ष सुनिता कलवारद्वारा आज एउटा ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको उद्घाटन सम्पन्न भएको छ । रुपन्देहीको मर्चवारी गाउपालिका वार्ड नं ५,ओडवलिया चोकमा अवस्थित पुर्णिामा ब्युटीपार्लर, ट्रेनिङ्ग सेन्टर एण्ड कस्मेटिक्स नामक ट्रेनिङ्ग सेन्टरको उद्घाटन सम्पन्न भएको हो ।
पिछडिएको मर्चवारमा पनि एक महिलाले नै नेतृत्व गर्ने ट्रेनिङ्ग सेन्टर संचालन हुदा यहाको अन्य महिलाहरुको लागि प्रेरणा दिने साथ साथै यहा मर्चवारका महिला तथा दिदी बहिनीहरुको लागि सीप सिक्ने अवसरको रुपमा रहेको भनी समाज सेवी शंकर जयसवाल ज्युले शुभकामना सहित मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
हाम्रो मर्चवारमा यस्तो ट्रेनिङ्ग सेन्टरको उपलब्धता हुदा बिवाहपार्टीमा दुलही सिगार्ने, सस्तो सर्वसुलभ समान उपलब्ध हुनु यहाको लागि गौरबको बिषय रहेको भनी वडा नं ५ का वडा अध्यक्ष सुनिल जयसवालले बताउनु भयो ।

उक्त उद्घाटन कार्यक्रमको प्रमुख मर्चवारी गाउपालिका उपाध्यक्ष सुनिता कलवारले शुभकामना दिदै हाम्रो मर्चवारी गापामा लक्षित कार्यक्रम तर्फ ब्युटीपार्लरको तालिम संचालन गर्न प्रशिक्षक माग गर्दा CTEVTबाट तालीम लिएको प्रावधान हुदा हुदै पनि न खुलाउनु पर्ने बाध्यता हुन्थ्यो।

तर आज हाम्रो मर्चवारी गापामा CTEVT बाटै तालीम प्राप्त प्रशिक्षक उपलब्ध हुदा खुशी लागेको साथै महिलाहरु हरेक क्षेत्रमा पछाडि परेको देखिन्छ तर आज एउटा होनहार महिलाले नेतृत्व गरेको देख्दा सार्है खुशी लागेको भन्दै सफलताको शुभकामना सहित आफ्नो मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

उक्त ट्रेनिङ्ग सेन्टरका संचालिका यशोमती उपाध्यायले आउने दिनमा मर्चवारका दिदीबहिनीहरुलाई ब्युटीपार्लर सम्बन्धि सम्पुर्ण सुबिधा र सोको तालीम दिइनुको साथै विभिन्न किसिमको ट्रेनिङ्ग प्याकेज ल्याई सुबिधा दिने र आजको कार्यक्रममा मर्चवारी गाउपालिका उपाध्यक्ष ज्यु लगायत अन्य उपस्थित सम्पुर्णलाई धन्यवाद“ दिदै आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend