logo
  • आइतबार, असोज ११ २०८३

एमबिबिएस पास गरेर आफ्नै गाउँकै सेवामा तल्लीन, डाक्टर शर्मा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी, गुल्मी, १५ भदौ ।
हिजोआज पढे लेखेका युवाहरु गाउँमा नफर्किने अवस्था छ । अझ अल्ली राम्रो विषय लिएर अध्ययन गर्नहरू त पढाईको लागि भन्दै विदेश पलायन हुनेहरूको भिड बढ्दै गएको अवस्था मा त्यो भीड मध्येका एक भिन्न व्यक्तित्व हुन् एमबिबिएस डाक्टर निश्चल शर्मा।

शर्माले चितवन मेडिकल कलेज बाट दुईवर्ष अघि एमबीबीएसको अध्ययन सकेका हुन्। अध्ययन सके लगत्तै त्यही चितवन मेडिकल कलेजमा काम गर्दै आएका थिए भने, अहिले गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ४ दोहोलीमा स्थापना गरिएको कोभिड अस्पतालमा डाक्टर शर्माले ‘सेवा दिइरहेका छन।

उमेरले भर्खरै २८ वर्ष पुगेका शर्मा को घर अहिले चितवन हो भने पुरानो घर इस्मा गाउँपालिका वडा नं ३ मा थियो । आफुले पढेका सिकेका सिप र ज्ञानले आफ्नै गाउँघरमा रहेर स्वास्थ्य सेवा गर्न चाहाने उनी अहिले निरन्तर यो कोरोनाको विषम् परिस्थितिमा आफ्नै गाउँलेहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर खटिएका छन् भने कैयौं गाउँले हरूको ज्यान समेत बचाउन सफल भएका छन्। “एमबिबिएस अध्ययन गरेर अन्तै जाने अवसर नपाएको हैन तर मेरो मनले मानेन र महिले पढेका र सिकेका कुराहरु अवसर पाएसम्म आफु जन्मिएको ठाउँको लागि दिनुपर्छ भन्ने मान्यता मेरो पहिले देखि नै थियो त्यस अनुसार आफु ले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेने” उनको भनाई छ।

बुबा मदन शर्मा, आमा प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा । गाउँकै छोरो एमबिबिएस डाक्टर बनेर गाउँकै सेवामा आएको यो ईस्माकै पहिलो इतिहास हो । आफ्नै गाउँको छोरा डाक्टर बनेर आएकोमा खुशी व्यक्त गर्दै ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले भने, “उहाँ कोभिड अस्पतालमा गतवर्ष पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै स्वयम् दरवन्दी खडा गरेर राख्ने छ” विष्ट ले भने।

गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् । केही समय अगाडि पुर्वमन्त्री गोकर्ण विष्टको पहलमा वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न भएको थियो । त्यसअघि वडा नं ३ दोहोली मै १५ शैयाको आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरामीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताएका थिए।

पहिला सानो सानो उपचारका लागि सदरमुकाम तम्घास जाने अवस्था मा केही सुधार आएको पक्कै छ। प्रसुती सेवा लिन जिल्ला अस्पताल पुग्नु पर्थ्यो भने अहिले सामान्य अवस्थामा जान नपर्ने तर पूर्णरुपमा जानै नपर्न भएको चाहिँ छैन अल्ली ठूलो स्वास्थ्य समस्या देखिएको खण्डमा सदरमुकाम देखि तानसेन पाल्पा, बुटवल र काठमाडौं सम्म उपचार गर्न जाने अवस्था भने उस्तै रहेको छ। उपचार को लागि बुटवल काठमाडौं जाने समस्या लाई छिट्टै हलगरी गाउँकै अस्पतालमा सेवा लिन पाए गाउँनै स्वर्ग हुने स्थानीयहरू को भनाई छ। यो विषयमा यहाँका राजनीतिकर्मी बुद्धिजीवी नेताहरु को ध्यानाकर्षण होस उनिहरूले भने।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend