logo
  • आइतबार, असोज ११ २०८३

पुजारी हत्या काण्डको न्यायिक समिति गठन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रञ्‍जित चौरसिया, रौतहट भदौ १५ ।
रौतहत जिल्लाको माधव नरायण नगरपालिकामा न्यायिक समिति गठन सम्पन भएको छ ।रौतहटको माधव नरायण नगरपालिका वडा नं २ को श्री सरस्वति उच्च माध्यमिक बिधालयको प्राङ्गनमा धमेन्द्र साहको अध्यक्षतामा राम पुजारी हत्या काण्डको बिषयमा न्यायिक समिति गठन गरेको साहले बताएका छन ।
न्यायिक समितिमा पुजारी हत्या काण्डको बिषयमा बिभिन्न छलफल भएको थियो । उक्त छलफलमा बिभिन्न प्रस्तावहरुमाथि छलफल गर्दा त्यसको हत्यारालाई कटघेरा ल्याउनको लागी धमेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

उक्त न्यायिक समितिको अध्यक्षमा धमेन्द्र साह चयन भएको छ भने सचिवमा सुरेश कुमार साह ,सदस्यमा पपु कुमार साह ,बिनोद साह ,जादोलाल साह, किशोरी बैठा लगायत अन्य पाँच जना सदस्य चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend