logo
  • आइतबार, असोज ११ २०८३

पर्साको ग्रामिण भेगको जानकीटोलाबाट व्यापक तस्करी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रञ्‍जित चौरासिया, पर्सा भदौ ११।
पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने जानकी टोला नाका हुँदै व्यापक रूपमा तस्करी बढेको पाइएको छ । स्थानीय प्रहरी चौकी जानकी टोलाको संरक्षणमा उक्त नाका हुँदै व्यापक रूपमा तस्करी कार्य बढेको हो ।
स्थानीय प्रहरी चौकी जानकी टोलाका प्रमुख प्रहरी नायब निरीक्षक कुल बहादुर कुवरको संरक्षणमा नाका हुँदै व्यापक रूपमा तस्करी बढेको पाइन्छ । बिगतकालदेखि नै आर्थिक प्रलोभनमा परि नाम गनाइसकेका प्रहरी नायब निरीक्षक कुवरको जानकिटोला प्रहरी चौकीमा आग्मन हुनसाथ तस्करी कार्य बढेको स्थानीयको आरोप रहेको छ ।

स्थानीयले जनाए अनुसार उक्त नाकाबाट चल्ला, हार्डवेयर, कपडाको अबैध तरिकाले आयात हुने गरेपनी स्थानीय प्रहरी चौकी मासिक नजरानामा लिप्त रहेको बताएका छन ।

एक जना प्रहरी श्रोतका अनुसार माथिल्लो निकायमा राम्रो पहुच भएकै कारण प्रहरी चौकीको कमान्डरको रूपमा आग्मन हुन सक्ने बताए । उनले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा प्रहरी नायब निरीक्षक कुल बहादुर कुवर आएको १ हप्ता नबितिदै चल्लाको लाइन सुचारू भएको र त्यसपछी हार्डवेयर, कपडा लगायतको कार्य सुचारू भएको बताए ।

आफ्नो पहुच राम्रै भएको कारण जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको आदेशको समेत धज्जी उडाउदै आफ्नो कमाइ खाने भाडो बनाएको, उनले बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो कार्य क्षेत्र भित्र पर्ने सबै नाकामा व्यापक कडाइ गर्न निर्देशन दिनपनि उहाको आदेशलाइ धज्जी उडाउदै जानकी टोला नाकाबाट तस्करीको लाइन दिएको छ । तसर्थ : यस बिषयमा प्रहरी उपरीक्षक पान्डे लगायत माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend