logo
  • आइतबार, असोज ११ २०८३

नदीमा दाउरा बटुल्न गएका एक युवा बेपत्ता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सांकेतिक तस्विर

ज्ञानेश्वर उपाध्याय, बुटवल भदौ ११ ।
रुपन्देही दक्षिणी क्षेत्रको मर्चवारमा दाउरा बटुल्न दानव नदिमा छिरेका एक युवा बेपत्ता भएका छन् । दानव नदिले बगाएर ल्याएको दाउरा टिप्न गएका ती युवा बेपत्ता भएका हुन ।

सांकेतिक तस्विर

बेपत्ताहुने ती युवा मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं ३ भटौली का २३ वर्षीय बब्लु लोध हुन । बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् ।

शुक्रबार बिहान साढे ५ बजे बुबा राजेन्द्र लाेधसँगै दाउरा भेला गर्न गएका बब्लु बाढीमा परी बेपत्ता भएकाे सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले जानकारी दिए ।

दाउरा भेला गर्ने क्रममा बाढीमा परी बेपत्ता भएपछि उनकाे खाेजी तीव्र पारिएकाे इलाका प्रहरी कार्यालय मर्चवारले जनाएकाे छ । प्रहरी टाेली र स्थानीयबासीहरू खाेजीमा जुटे पनि उनकाे पत्ता नलागेकाे प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend