logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम नवलपरासीमा ७ लाख ४६ हजार मुल्य बराबरको अवैध मालसामान बरामद


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री,  नवलपरासी भदौ ९ ।
पश्चिम नवलपरासीमा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट करिब ७ लाख ४६ हजार ७ सय ५० मुल्य बराबरको अवैध खसी, बोका, जर्सी गाई तथा बिभिन्न मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी टोलीले भन्सार छली अवैध रुपमा ल्याउदै गरेको २७ जिउ खसी, बोका आज बुधबार सुनवल नगरपालिका वडा नम्बर ७ ज्यामिरेबाट बरामद गरेको हो ।
बरामद खसी, बोकाको मुल्य करिब ४ लाख ५ हजार बराबर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको कुर्ता सुरवाल, लेडिज टप्स, साडी लगायतका बिभिन्न कपडा बर्दघाट नगरपालिका वडा नम्बर ४ टि.सि.एन. चोकबाट बरामद गरेको छ ।

बरामद कपडाको मुल्य करिब २ लाख ७१ हजार ७ सय ५० रुपैया रहेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ सितलापुरबाट बाच्छो सहितको जर्सी गाई नियन्त्रणमा लिएको छ ।

उक्त जर्सी गाई भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि गाई छाडी मानिस भागेको प्रहरीले जनाएको छ । गाईको मुल्य करिब ७० हजार बराबर रहेको छ ।

बुधबार बरामद भएका खसी, बोका, जर्सी गाई र सम्पुर्ण मालसामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend