logo
  • आइतबार, असोज ११ २०८३

युथ युनिटीको रक्षाबन्धन सँगै शुभकामना आदान-प्रदान कार्यक्रम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सिर्जना आचार्य, कपिलवस्तु भदौ ६ ।
राष्ट्र सेवामा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुसँग युथ युनिटी वेल्फेयर एसोसिएसन (युवा)ले आफ्नो रक्षाबन्धन सँगै सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल पिपरा बिटमा रहेका ३० भन्दा धेरै सुरक्षाकर्मीहरुलाई राखी बानिदिएर सो कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रखुम अतिथीका रुपमा रहेका सशस्त्र प्रहरी बिट पिपराका प्रमुख तेजराज शर्मा र विशिष्ट अतिथीको रुपमा रहेका सहायक प्रमुख राजकुमार घर्तीलाई राखी बानिसकेपछि कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै युवा कपिलवस्तुका उपाध्यक्ष पशुपती गिरिले त्यस बिटमा रहेका सबै सुरक्षाकर्मी साथै युवाका साथीहरुलाई स्वागत गरेका थिए।कार्यक्रममा प्रकाश पार्दै कार्यक्रम संयोजक कोपिला गिरिले रक्षा बन्धनले आफुहरुको सशस्त्र प्रहरीसँगको नाता झनै गाढा भएको कुरा व्यक्त गरेकी थिइन ।

उनले गाउँघरमा प्रहरी भनेपछी छुट्टै डर भएको र यस्ता कार्यक्रमले समाजमा राम्रो संदेश जाने कुरा समेत बताएकी थिइन।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल सुरक्षा बल पिपरा बिट प्रमुख तेजराज शर्माले युवा देशका कर्णधार रहेकाले युवाले राष्ट्रको हरेक क्षेत्रमा योग्दान पुर्याउनु पर्ने कुरा राख्नुभयो ।

उहाँले युवाको हरेक क्षेत्रमा सहयोग पुर्याउन आफू सधै प्रतिबद्ध रहेको कुरा समेत व्यक्त गर्नुभयो । कार्यक्रम सम्पन्न गर्दै युवाका संस्थापक तथा अध्यक्ष सागर बन्जाडेले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पिपराका प्रमुख तथा उक्त परिसरका सम्पुर्ण सुरक्षाकर्मीलाई साँची राख्दै बाधेको राखी टुटेर गएपनी युवा संस्था र प्रहरीबिचको सम्बन्ध सदैव अटुट रहिरहने कुरा बताउदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस कार्यक्रममा युवाबाट संरक्षक असिम भट्टराई मधु भुषाल मन्जु थापा सौरभ भण्डारी सृजना आचार्य माधव आचार्य सरोज घिमिरे विजय वेल्वासे सजिता घिमिरे पवित्रा भुषाल साकार भण्डारि वासु पाण्डेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन युथ युनिटि वेल्फेयर एसोसिएसन (युवा)का बोर्ड सदस्य सरोज घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend