logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीको ईस्मा गाउँपालिका खरका छाना मुक्त


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

किरण अधिकारी, गुल्मी भदौ २ ।
गुल्मीको ईस्मा गाउँपालिका खरको छाना मुक्त भएको छ । पालिकाले खरको छाना भएका ९०० घरधुरीलाई जस्ता पाता वितरण गरी खरको छाना मुक्त बनाएको हो ।
पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास, र स्थानीय कला सस्कृतिको संरक्षण संवद्र्धन दलित लक्षित कार्यक्रम अन्तर्गत स्थानीय हरूलाई पन्चेबाजाबाजा सहित आरन पेशा गर्दै आएका आर्नेहरुलाई केही मात्रामा आवश्यक सामाग्रीहरू पनि वितरण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले हामीलाई जानकारी दिएका थिए ।
परमपरागत संस्कृति उथात्न र पन्चेबाजाको संरक्षण बाजा बजाउँदै आएका दर्जी समुदायको जिविकोपार्जन गर्नको सहयोगको निमित्त पालिका भित्रका ६ वटै‌ वडामा एक-एक सेटका दरले ६ सेट बाजा वितरण गरेको थियो ।

त्यसैगरी आरन पेशा गर्दै आएका बिश्वकर्मा समुदायका लक्षित व्यक्तिलाई २१ वटा वल्डीन मेशिन २१ वटा ग्यालेन्डर मेसिन, लगायत जुता सिलाउदै दैनिकी गुजारा गर्दै आएका ६ जनालाई ६ वटा जुता सिलाउने मेशिन समेत दिएको थियो ।

स्थानीय सरकारले सहयोग गरी केही हदसम्म भएपनि राहत दिएकोमा आफुहरू खुशी भएको स्थानीयले बताए आगामी दिनहरुमा पनि गाउँपालिकाको सहयोगको अपेक्षा राखेको । बाजा सेट पाएका वडा नं ३ ठाडुङ्गा निवासी टेकबहादुर दर्जीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टका अनुसार गाउँपालिका भित्र पुर्ण रुपमा खरको छाना मुक्त बनाएको र बिपन्न परिवारलाई लाई बिभिन्न माध्यमबाट सहयोग गर्दै आएको र जब गाउँपालिका भित्रका नागरिक अप्ठ्यारोमा परेको बेला स्थानीय सरकारले अभिभावकत्व प्रदान गर्दै आएको उनले बताए।

आफु गाउँपालिका अध्यक्ष भएदेखि धेरै राम्रो गरेको तर सबै जसो ओझेलमा पारिएको पनि बताए । गतवर्ष पहिरोबाट पिडित भएका हरूको लागि उचित राहतको प्याकेज समेत ल्याएको र आगामी दिनहरुमा पालिका भित्रका समग्र समस्याहरु हल गर्दै जाने समेत अध्यक्ष विष्टले जानकारी दिए ।

खरको छाना मुक्त भएका स्थानीयहरू सरकारले आफ्नो दुःख सुनिदिएको र अब वर्षेनि खरको छाना छाउने समस्याबाट आफुहरू मुक्त भएको र वर्षातको समयमा घर चुने समस्या अब टुक्गिएको भन्दै उनिहरुले खुशी व्यक्त गरेका थिए । स्थानीय सरकार समक्ष यस्तै किसिमका अन्य सहयोग आगामी दिनहरुमा पनि उपलब्ध गराइदिनु हुनको लागि माग समेत गरेका छन ।

पालिका भित्र रहेको गरिबीलाई निवारण गर्नको निमित्त सरकारले महत्वका साथ यो मुद्दालाई प्राथमिकतामा राखेर बिभिन्न रोजगारीका अवसर उपलब्ध गराइदिनको लागि समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend