logo
  • आइतबार, असोज ११ २०८३

अमेरिकी सेनाले काबुलको विमानस्थल लाई आफ्नो नियन्त्रणमा लियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

एजेन्सी– अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको
डेलिमेलले जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन ।
अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही
अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् ।
अहिले अमेरिकी सेनाले काबुलको विमानस्थल लाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend