logo
  • आइतबार, असोज ११ २०८३

मदाने गाउँपालिका १ अग्लुङ्ग एक हप्ताको लागी शिल


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी साउन ३०।
मदाने गाउँपालिका १ अग्लुङ्ग एक हप्ताको लागि शिल गरिएको छ । गुल्मीमा कोरोनाको संक्रमण दर बढिरहेकोले जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ । गाउँगाउँमा कोरोनाको संक्रमण बढिरहेपनि लकडाउनको पालना नगरिएकोले कोरोना संक्रमण बढी भएका वडाले वडालाई शिल तथा आफ्नो मापदण्ड अनुसार लकडाउन गरिहेका छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ मा कोरोनाको संक्रमण बढिरहेकोले वडा एक हप्ताका लागि पूर्ण रुपमा शिल गरिएको वडाध्यक्ष प्रेमचन्द बोहराले जानकारी दिए । आइतबारदेखि लागु हुनेगरी एक हप्ताका लागि वडा शिल गरिएको वडाध्यक्ष बोहराले बताए । मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गका ५४ वर्षीय पुरुषको शुक्रबार साँझ कोरोना संक्रमणका कारण मृत्यु भएपछि त्यहाँ झन् बढी त्रास छाएको छ । जसका कारण वडा शिल गर्ने निर्णय गरिएको वडाध्यक्ष बोहराले बताए ।

वडाध्यक्ष बोहराले लकडाउन गरिएको समयमा आवतजावत पूर्ण रुपमा बन्द गरिएकोले सम्पूर्ण सर्वसाधरणलाई लकडाउनको पालना गर्न आग्रंह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend