logo
  • शुक्रबार, साउन ८ २०८३

भारतीय ओभरलोडका मालबाहक ट्रकले नेपाली व्यवसायीको लगानी र सडक ध्वस्त


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

यमलाल भुसाल, बुटवल साउन २७ ।
क्षमता भन्दा तेब्बर लोड वोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।
भारतबाट भारबाहन क्षमता भन्दा तेब्बर लोड बोकेर आउने र ती सवारी सिधै मुलुक भरी पुग्दा नेपाली मालबाहक सवारी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाधचल्दा नेपालका मालबाहक सवारी खाली बस्नु परेको र भारतीय गाडीका कारण नेपालका सडक विग्रिने गरेको भन्दै व्यवसायी नाकामा भारतीय मालबाहक गाडी रोकेका हुन् ।

भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका मालबाहक सवारी खाली बस्नु परेको र नेपालका सडक संजाल भत्किएको भन्दै रोकेको हो ।

क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ । तर, कानून अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेका छन् । नियमक निकाय तै चुप मै चुप भएकाले समस्या विकराल भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटको भनाई रहेको छ । यही कारणले ट्रक यातायात व्यवसायी मर्कामा परेको उहाँले बताउनु भयो ।

मालबाहक सवारी साधनको भारबहन नियमन सम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर, ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन । यस्ता गाडी निर्वाध नेपालमा चल्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निर्मित कार्यालय प्रमुख दामोदर मल्लले नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको छ । जरिवान काटेकै भरमा नेपालभर निर्वाध चल्न दिइँदा नेपाली व्यवसायी फुर्सदिला भएका हुन् । ट्राफिक प्रहरीकाअनुसार अधिकांश भारतीय गाडी ओभरलोड बोकेर नेपाल आउने गर्छन् ।

व्यवसायीले भन्सार विन्दुमै भारमिलान गर्नुपर्ने माग गर्दै आएका छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थ राज पासवानले भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेका छन । नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् ।

यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका छन् । भारतीय मालबाहक गाडीलाई जरिवानाकै भरमा नेपालमा निर्वाध चल्न दिएको छ तर नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइएको छ ।

जसले गर्दा नेपाली गाडीमा उद्योगी–व्यवसायीले सामान ओसार्दैनन् । जरिवानाकै आधारमा भारतीय गाडीलाई ओभरलोड बोक्न दिइँदा एकातर्फ सडक ध्वस्त भएका छन् भने नेपाली व्यवसायीले काम नै नपाउँदा खाली ट्रक थन्क्याएर राख्नु परेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend