logo
  • शनिबार, साउन ९ २०८३

व्यवसायी संघको आयोजनामा विविध कार्यक्रमहरु सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बिमल खड्का, बाग्लुङ भदौ १७।
कपडा तथा फेन्सि व्यवसायी समिति बुर्तिबाङले हरितालिका तीज पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमहरु आज सम्पन्न भएका छन् । हिजोबाट सुरुभएको पुरुष भलिवल प्रतियोगीतमा ६ टिमको सहभागीता रहेको थियो । प्रतियोगीताको फाईनल खेलमा खेडाडिबीच देखिएको सामान्य विवादले भलिवल प्रतियोगीता सम्पन्न हुन सकेन ।
baglung
निसीखोलाको प्रतियोगी टिम र त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट फाईनलमा प्रवेश गरेका खेलाडिबीच फाईनल खेल भइरहेको अवस्थामा रेफ्रीले दिएको निर्देशन चित्त नबुझेको भन्दै खेल रोकिएपछि आयोजकले आजका लागि प्रतियोगीता सूचारु गर्ने भनेको थियो । तर आयोजकले दिएको समयमा दुर्व समुअ उपस्थित नभएपछि खेल नै स्थगित गरिएको छ । आयोजक समुहका तर्फबाट भलिवल खेलको प्रथम पुरस्कार १० हजार तथा द्धितिय पुरस्कार ५ हजार ५ सय राखेको थियो ।
baglung1
४० वर्ष माथिका खेलाडिहरुका लागि प्रत्साहन हुने र बुर्तिबाङमै पहिलोपटक आयोजना गरिएको उक्त प्रतियोगिता आफैमा रोचकताका साथ हेर्ने दर्शकले लिएका थिए । खेल चलिरहेको अवस्थामा स्थानीय व्यवसायीहरुले खेलाडिहरुको प्रोत्साहनका लागि भन्दै प्रथम पु्रस्का्र ्राशीमा ४ हजार थपेर १४ हजार बनाएका थिए भने द्धितिय पु्रस्कारका लागि पनि ४ हजार नै थपेर ९ हजार ५ सय पु¥याइदिएका थिए ।

पाका उमेरका खेलाडिलाई दर्शक र सहयोगदाताले सम्मान उत्तिकै दिए, प्रोत्साहन पनि त्यति नै दिएका थिए । सामान्य विषयलाई लिएर खेलमा आएका पाका खेलाडि अर्थाथ अभिभावक खेलाडिहरुबीचमा देखिएको विवाद र विचैमा खेल रोकिदा भने हेर्ने दर्शकहरुमा एकाएक निरासा छायो । यो विषयले सन्देश राम्रो दिएन नै उता पाका बुज्रुकहरुको विवादले नयाँ पुस्तालाई के सिकायो भन्ने सम्मका तर्कहरु जनमानसमा सिर्जना गरिदिएको छ ।

उता कार्यक्रमकै शिलशीलामा आयोजना गरिएको तीजगीत तथा नृत्य प्रतियोगीतामा उक्तरगंगा उच्च माध्यमिक विद्यालय प्रथम भएको छ । र्भिरहेड ईन्टरनेशनल एकेडेमी द्धितिय तथा जनता ईलिस बोडिङ स्कुत तृतिय भएको छ । तीजगीत प्रतियोगीतामा ९ टिमको बीचमा प्रतिस्पर्धा भएको थियो । सबै कार्यक्रम सम्पन्न भएसँगै आजै विजयी टिमलाई आयोजकले पुरस्कार वितरण गरेको छ ।

भलिवल प्रतियोगीताका लागि तय गरिएको पुरस्कार समेत सबै तीजगीत प्रतियोगीहरुलाई थप एक एक हजारका दरले पुरस्कार स्वरुप प्रदान गरिएको संघका अध्यक्ष सहविन अर्गेजाले बताउनुभएको छ । अध्यक्ष अर्गेजाको अध्यक्षता तथा प्रशान्त घर्ति मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend