logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा जनता समाजवादी पार्टीको वडा कमिटी विस्तार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्तोष महतारा , गुल्मी  साउन २५।
जनता समाजवादी पार्टी गुल्मीले वडा कमिटी विस्तार गरेको छ। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेमा १२ जनाको वडा कमिटी विस्तार गरेको जनता समाजवादी पाटी मालिका गाउँपालिकाका संयोजक खड्क बिश्वकर्माले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर ५ छापहिलेमा खड्क बहादुर बिश्वकर्माको संयोजकत्वमा वडा कमिटी विस्तार भएको हो । वडा कमिटीको अध्यक्षमा बिक्रम जिसी चयन भएका छन् । जसको उपाध्यक्षमा बोम बहादुर बिश्वकर्मा, सचिवमा थम्मन कार्की, सह–सचिव सुरज बिश्वकर्मा र कोषाध्यक्षमा रबिन महतारा चयन भएका छन् ।

त्यस्तै वडा कमिटीको सदस्यमा बिष्णु थापा, गणेश थापा, खिम बहादुर बिश्वकर्मा, दुजमान बिश्वकर्मा, जंग बहादुर बिश्वकर्मा, पितम गिरी र गोपाल बिक चयन भएको जनता समाजवादी पाटी मालिका गाँपालिकाका संयोजक खड्क बिश्वकर्माले बताए ।

गरिबी निमूल पार्ने आफ्नो पाटीको मुख्य एजेण्डा भएको भन्दै गाउँपालिका संयोजक विश्वकर्माले वडा वडाबाट कमिटी विस्तार गरी आफुहरु संगठन विस्तारमा लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend