logo
  • शुक्रबार, साउन ८ २०८३

नागरीक आरोग्य केन्द्र कृष्णनगरको उत्प्रेरणामा योग समिति गठन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु साउन २५।
नागरीक आरोग्य केन्द्र कृष्णनगरको उत्प्रेरणामा कृष्णनगर वडा नं ९ बहादुरगन्जमा याेग समिति गठन गरिएको छ। नागरीक आरोग्य केन्द्र कृष्णनगरका कविराज डाक्टर नागेश्वर प्रसाद मिश्राको उत्प्रेरणामा १२ सदस्यीय योग समिति गठन गरिएको हो।
कार्यक्रममा बाेल्दै डाक्टर मिश्राले निराेगी बन्नका लागि नियमित याेग अभ्यास जरूरी रहेकाे र व्यक्तिगत मानसिक एवं शारीरिक शान्ति र स्वास्थबिना देशकाे विकास र समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै याेगप्रति मानिसकाे आकर्षण बढ्दाे छ।

आयुर्वेद चिकित्सा पद्धतिले रोगीको उपचार भन्दा स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा पक्ष लाई धेरै महत्व दिन्छ चिकित्सा पद्दतिले रोग लागी सकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ। योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक महत्व दिन्छ । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन मानिएको समेत मिश्राले व्याख्या गर्नुभयाे।

कार्यक्रममा याेग प्रशिक्षक आकाश गुप्ता, समितिका संयोजक अरबिन्द सिंह, अध्यक्ष भैभव प्रताप शाह, शिक्षक जंग बहादुर शाही, समाजसेवी निर्भय सिंह लगायतले योग बारे बोल्नु भएको थियो । भोली सोमबार देखि योग कक्षा संचालन हुने योग प्रशिक्षक आकाश गुप्ताले जानकारी दिनुभएको छ ।

संयोजकमा अरबिन्द कुमार सिंह, अध्यक्षमा वैभव प्रताप शाह, उपाध्यक्षमा रेशम थापा , कोषाध्यक्षमा चन्द्र किशोर मिश्रा, सचिवमा प्रिन्स मिश्रा, सदस्यमा अवधेश चौधरी, विजय यादव, समर मोदनवाल, प्रताञ्जल मिश्रा, राजकपुर गुप्ता, विकास ठाकुर, विकास मोदनवाल, संरक्षकमा वडा अध्यक्ष राममिलन चौधरी, जंग बहादुर शाही, कविराज नागेश्वर प्रसाद मिश्रा लगायतकाे सदस्यतामा योग समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend