logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना पुष्टि


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुनिल थापा, गुल्मी साउन २२ ।
गुल्मीमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८४ जनाको कोरोना परीक्षण गरिएकोमा १५ जना पूरुष र ११ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससंगै संक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ ।

संक्रिय संक्रमितमध्ये ३८२ जना सामान्य उपचार सहित होम आइसोलेसन र ४ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

हालसम्म १३ हजार ७ सय ४५ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ८ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूरुष २ हजार ६ सय २९ जना र महिला २ हजार २ सय ३० जना रहेका छन्। जसमा ४ हजार ३ सय ८१ जनाले कोरोना जितेर निको भएका छन्।

दोश्रो लहरमा कोरोना संक्रमणका कारण ४० जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर गरि कुल ९२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend