साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन २१ ।
गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ बिहिवार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।
कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै जिल्लामा माक्स लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
भियान अन्र्तगत सुरुको दिन माक्स नलगाई हिड्नेलाई माक्स बितरण गरिएको र अन्य दिनहरुमा माक्स नलगाई हिड्नलाई कारवाही गरिने शर्माले बताइन् । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दुरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताइन् । माक्स खै अभियानमा जिल्ला स्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकाय, बिभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्ड सहित बजार परिक्रमण गरिएको थियो ।
बिश्वभर कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा ¥याली गर्न रोक लगाएको छ ।
जिल्लामा साउन ३२ गतेसम्म निषेधाज्ञा जारि गरिएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना बिरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ४३ हजार २६१ जना रहेका छन् । दोस्रो मात्राको खोप लागाउको संख्या९ हजार ८९ जना रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend