साझा नेटवर्क
गुल्मी, साउन २० ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा २३ गते राति १२ बजेबाट १ हप्ता जिल्लाभर ठप्प हुने गरि लकडाउन गरिने भएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन २३ गते राती १२ बजेदेखि एकहप्ता पुर्ण रुपमा सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ ।
साथै सवारी साधन तथा पशलहरु पनि बन्द रहने बताइएको छ। लकडाउनको कसैले अवज्ञा गरे सङक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ।
यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend