साझा नेटवर्क
चुरामणि तिमिल्सिना ,गुल्मी साउन २० ।
साँस्कृतिक सम्पदा निर्माण संरक्षण तथा संर्बधन गर्न आजका युवाहरुको महत्त्वपूर्ण भुमिका हुनुपर्नेमा रुरु क्षेत्र गाउँपालिका वडा नं १ का धार्मिक अभियानता शंकर ज्ञवालीले जोड दिनुभएको छ ।
हाल अमेरिकामा रहनुभएका ज्ञवालीले आफ्नो गाउँमा पर्यटन प्रर्बधन गर्न आफू बिदेश भएपनि आफ्नै गाउँमा केही गर्न पर्छ भन्ने उद्देश्यका साथ शिव लिङ्ग सहित वशाहा निर्माण कार्य सम्पन्न गर्नु भएको छ ।
यस भट्कुवा क्षेत्रमा पुराना गुफा, मठमन्दिर, पोखरी कुवा, कला सँस्कृती संरक्षण गर्न सकेमा रुरु धाम आउने पर्यटकहरुलार्इ यस स्थानमा गाइड व्यवस्था गरि पर्यटक पठाउन समेत सकिने वडा नं। १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो।
अध्यक्ष बिकले यस ठाउको प्रचारप्रसार गर्नको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भट्कुवा ठाउमा मात्र नभइ यस्तै अन्य धार्मिक सम्पदाहरुको निर्माण तथा संरक्षण गर्न सकेमा ग्रामीण भेगमा पनि पर्यटकहरु जाने हुँदा यसैसंगै सानो होमस्टे सञ्चालन पनि हुन सक्ने बताउनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend