साझा नेटवर्क
अनिल खत्री
२० साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगर सहित महत्वपूर्ण काजपत्र सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तिमा खटिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायको प्रहरी टोलीले रेसुङ्गा नगरपालिका–२ पुरानो बजारमा १३ हजार ६७० रूपैयाँ सहित अन्य आवश्यक कागजात समेत फेला परेको थियो ।

प्रहरीले फेला पारेको नगद सहितको कागज पत्र धुर्कोट गाउँपालिका–१ नयाँगाउँका शुशिल खत्रीको रहेको जिल्ला कार्यालय प्रहरीले जनाएको छ । फेला पारेको नगद सहित कागज पत्र खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा बोलाई पर्समा रहेको नगद रू १३ हजार ६७० रूपैयाँ सहित अन्य आवश्यक कागजात जिम्मा दिईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डिएसपी) पुरुषोत्तम पाण्डेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend