साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी श्रावण १९ ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गितहरु बजारमा आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गाएक अनिश खड्काले तिज गित चखेवा सार्बजनिक गरेका छन् ।
अनिश खड्काको सङ्गीत संयोजन, छायाङ्कन र सम्पादन रहेको उक्त गितमा निकै चर्चित गायिका समिक्षा अधिकारि अनिश खड्का र अनुस बन्जाडेले आवाज दिएका छन् । शब्द र लय टिकाराम ढकालको रहेको छ ।
रुबिना अधिकारी र माधव मगरको अभिनय रहेको उक्त गितमा भिडियो निर्देसन राजु महत्राले गरेका छन् । नृत्य निर्देशन बिक्रम परियारको रहेको छ । रेयान्सी खड्काको प्रस्तुतिमा रहेको उक्त गित सप्तक फिल्मको ब्यानरमा निर्माण गरिनुका साथै अनिश खड्का युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend