साझा नेटवर्क
किरण अधिकारी, गुल्मी साउन १५ ।
गुल्मीको इस्मा गाउँपालिका वडा नं ३ का दुई बिधालय श्री ठाडुङ्गा माध्यमिक विद्यालय र सुन्तला देवी निम्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई chine foundation for poverty Alleviation (CFPA ) को सहयोग र राष्ट्रिय पुनस्थापन नेपालको साझेदारीमा गरिबी र अपाङ्ग बिधार्थीको सहयोगार्थ वडाका दुई बिधालय ठाडुङ्गा मावी (२९३) र सुन्तलादेवी निमावीका (१८१) गरी (४७४) बिपन्न तथा आर्थिक श्रोत न्यून भएका परिवार भित्रका बिधार्थीहरुलाई “शैक्षिक सामग्रीहरु सहित झोला बितरण गरेको छ ।
झोला भित्र पेन्सिल, कपी, पेन्टिङ बक्स, स्केल सेट, बल पेन, खाजा बक्स, खानेपानी लग्ने बोटल, टाबेल, साबुन माक्स, सेनिटाईजर , लगायत १८ ओटा सामाग्रीहरू थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, वडा अध्यक्ष तोयानाथ सापकोटा, सामाजिक संस्था गुल्मेली सहयोगी हातहरुको अध्यक्ष लिलामणि खरेल, सचिव बिमल घिमिरे, सदस्य शुशिल भट्टराई, राष्ट्रिय अपाङ्ग पुनस्थापन समाजका प्रतिनिधि, कृष्ण ढकाल,नेपाल पत्रकार महासंघका गुल्मीका अध्यक्ष टोपलाल अर्याल,सांसद गोकर्ण बिष्टका स्वकीय सचिव रमेश काउछा, नेकपा एमाले क्षेत्र २का युवा नेता हिरा एसी लगायत अन्य बौद्धिक व्यक्तित्व हरूको उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि लक्षण विष्टले बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले सरकारी बिद्यालयमा आम नागरिकको विश्वास घट्दै गएको र निजी स्कुलको मोह बढ्दै गएको अवस्थामा सरकारी स्कुल स्तर अभिवृद्धि गर्न कार्यमा स्थानीय सरकार अनबरत रूपमा लागि परेको, साथै सरकारी र गैरसरकारी संस्था निरन्तर रूपमा सहयोग गर्दै नयाँ नयाँ योजना ल्याएको र सरकारी बिद्यालयमा अभिभावकले छोराछोरी पठाउनको लागि हिचकिचाउने अबस्था रहेको यस समस्यालाई छिटो भन्दा छिटो हल गर्न कार्यमा सरकार देखि बिभिन्न निकाय लागेको र आफुपनी यो समस्या हल गर्न अठोट लिनुभएको थियो।
सरकारी बिद्यालय पढ्ने बिधार्थी घट्दो क्रममा रहेको कसरी बढाउने भन्ने कुरामा सबै सरोकारवाला सबैले प्रभावकारी योजना अनुसार अगाडि बढ्ने पर्ने बताए साथै बिधालयको गुणस्तर मा सुधार गर्न कार्यमा यथाशीघ्र लाग्नको लागि प्रधानध्यापक बिधालय व्यबस्थापन समिति अभिभावक सबैलाई आग्रह समेत गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरु पनि सरकारी बिद्यालयमा बिशेष गरी गरिब बिभिन्न र अपाङ्ग बिधार्थी हरूको उत्थान तथा बिधालय जाने उमेर समूहका लागि हौसला पढाई प्रतीको रूचि जगाउनको लागि कार्यक्रम ल्याएको बताउनुभएको थियो । बिधार्थीहरु भने उपहार स्वरुप शैक्षिक सामग्री पाउँदा निकै खुसी हर्षित देखिएका थिए, भने अब पढाईमा निकै ध्यान दिने राम्रो संग पढ्ने र बिधालय खुलेपछि नियमित रूपमा बिधालय आउने र कोरोना माहामारीको बेला घरमा बस्दा पनि घरमै बसेर पढ्ने पढेपछि भोलि ठूलो मान्छे राम्रो मान्छे बनिने बिधार्थीको भनाई थियो।
कार्यक्रम कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा का मापदण्ड अप्पनाएर गरिएको थियो। कार्यक्रमको सहजीकरण दुवै स्कुलका प्रधानाध्यापक हरि पन्थी र सोभा विष्टले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन दुबै स्कुल का शिक्षकहरु भबिश्वर भन्डारी, र सुमन बिकले गर्नुभएको थियो । कार्यक्रमको बिशेष भुमिकामा दुबै बिधालयका ब्यवस्थापन समितका अध्यक्षहरू महेन्द्र अधिकारी, र कल्पना अधिकारीको रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend