logo
  • आइतबार, असोज ११ २०८३

दूधाधारी नमुना माविले संचालन गर्यो विज्ञान विषय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा,  कपिलवस्तु  साउन १४।
कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीले विज्ञान विषय सञ्चालन गर्ने भएको छ।
विद्यार्थी र अभिभावकको मागलाई मध्येनजर गर्दै शैक्षिक शत्र २०७८ सालदेखि कक्षा ११ मा विज्ञान विषयको अध्ययन अध्यापन गराउने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले जानकारी दिनुभएको छ।

विज्ञान विषय अन्तर्गत फिजिक्स, केमेस्टी, बायोलोजी, मेजर म्याथ सञ्चालन हुने छन् । उक्त विद्यालयले प्लस टु मा कमर्श, मानविकी, एजुकेशन, आर्टस् र ३ वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा विषयमा गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेको प्रधानाध्यपक कोरीले बताउनुभयो ।

यस क्षेत्रमा शैक्षिक गुणस्तरीयतामा वृद्धि, विकास गर्न, विज्ञान विषय र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतालाई हटाउनुको साथै विद्यार्थी, अभिभावकको आवश्यकता र माग अनुसार विज्ञान विषय र सिभिल इन्जिनियरिङ डिप्लोमा सञ्चालनमा ल्याइएको दूधाधारी नुमना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले बताउनुभएको छ ।

कपिलवस्तुकै सुदुरपश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको दूधाधारी नमुना माध्यमिक विद्यालयले यसरी विभिन्न संकायका विषयहरु सञ्चालनमा ल्याई रहँदा पालिकावासी खुसी भएका छन्। विज्ञान विषयमा नयाँ भर्ना र सिभिल इन्जिनियरिङमा पनि भर्ना खुलेकोले समयमै भर्ना हुन समेत विद्यालय अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend