logo
  • शुक्रबार, असोज ९ २०८३

गित संगीत मेरो प्राण हो, संगीत मुटुको हरेक धड्कनमा : गायक गंगा प्रसाद घिमिरे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौँ।
कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर लाखौँ संगीतप्रेमी नेपाली दर्शक श्रोताहरुको प्रिय बनेका गायक गंगा प्रसाद घिमिरे अहिले चर्चाको शिखरमा पाइलाहरु टेक्दैछन् ।
विभिन्न कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक घिमिरेले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक गंगा प्रसाद घिमिरे लामो समय देखि नर्वेमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन्। विदेशमा रहेर पनि उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफनो बेग्लै छवि बनाएका हुन् ।

उनले स्वर दिएका गीतहरु संगीतप्रेमी नेपाली दर्शक श्रोता माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । ‘पुर्बेली मायाले, बिन्दास जिउने हो, मारुनी, माया हौ, सिरफुल जस्ता हिट गीत गाएर सांगीतिक दुनियाँमा परिचय बनाइसकेका गंगा प्रसाद घिमिरे संसारभर छरिएर बसेका नेपाली बीच अहिले चिर परिचित गायकका रुपमा चिनिन्छन । दर्जनौ कार्यक्रममा लाखौ संगीतप्रेमी दर्शकहरुलाई मनोरंजन दिएर राम्रो आम्दानिको श्रोत बनाएका उनि नियमित गित रेकर्ड गर्न समेत समय ब्यबस्थापन गरिरहेका छन् ।

मोरङ पथरी शनिश्चरे-३ का स्थायी बासिन्दा उनि लामो समय देखि निरन्तर नेपाली सुगम संगीतमा साधना गर्दै आफुलाई सांगीतिक क्षेत्रमा स्थापित बनाउन सफल रही निरन्तर चर्चामा नै रहेकाछन् । सधै ब्यस्त रहने गायक गंगा प्रसाद घिमिरेलाई आजकल पुर्बेली भाकाको किङ पनि भनेर चिनिन्छ। सरल स्वभावका सधै हासेर बोल्ने मिठो सुमधुर आवाजको धनि गायक गंगा प्रसाद घिमिरेले दर्जनौ राष्ट्रिय सांगीतिक अवार्ड र सम्मान समेत पाइसकेका छन् ।

नेपाली आधुनिक गित, गजल, लोकपप तथा पुर्बेली गितहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायक भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend