साझा नेटवर्क
किरण अधिकारी, गुल्मी, साउन ११ ।
नेपाल कृषि प्रधान देश हो भन्ने कथन श्लोक मात्र सिमित भएको अवस्थामा नेपाल सरकार ले यस नारा लाई सार्थक तुल्याउन को निमित्त बिगत केही वर्ष देखि कृषि क्षेत्रको विकास र विस्तारमा ठूलो लगानी गर्दै आएको अवस्था छ। कृषि पेशा गरेर पनि जिवनस्तर सुधार्न सकिन्छ भन्ने विश्वासका साथ आम कृषक वर्गलाई कृषि मा आत्मनिर्भर बनाउन को निमित्त नेपाल सरकार ले कृषि गर्न लाई अनुदान लगायत बिभिन्न किसिमका कृषि सामग्रीहरूको को वितरण गर्दै आएको छ।
त्यसैलाई निरन्तरता दिदै मुख्य मन्त्री ग्रामीण कृषि विकास अन्तर्गत २०७७-७८ को प्राप्त कार्यक्रम अनुसार गुल्मी इस्मा गाउँपालिका वडा नं ३ मा मौरी को गोला सहित १७ मौरी को आधुनिक घार, एकल महिला सहित कृषि कर्म मा लागेको कृषक हरूलाई बितरण गरिएको वडा नं ३ का वडा अध्यक्ष तोयनाथ सापकोटा ले जानकारी दिनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend