logo
  • शुक्रबार, असोज ९ २०८३

१० वर्षिया गायिका अनुजा थापा मगरको आवाजमा “भमरा” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार अविरल, काठमाडौं  साउन १० ।
बाल गायिका अनुजा थापा मगरको आवाजमा “भमरा” नामक पहिलो गीति एल्वम बजारमा आएको छ । गीतलाई डिजीटल बजार युट्युब मार्फत बजारमा ल्याइएको हो ।
उमेरले भर्खर १० वर्षमा लागेकी थापा महर्षि स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन । सानै उमेरमा कलाकारिता क्षेत्रमा रुची राख्ने थापा गाउन र नाच्नमा त्यति नै पोख्त छिन ।
राजकुमार बगरको शब्द सङ्गीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । मधुर बस्नेतको छायांकन तथा आशिष गुरुङको निर्देशन रहेको भिडियोमा गायिका थापा र निश्चलदिप गुरुङले अभिनय गरेका छन । गीतलाई Nirmala Thapa Magar को युट्युब च्यानल मार्फत सर्वत्र वजारमा उपलब्ध  गराइएको हो ।

हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend