logo
  • आइतबार, असोज ११ २०८३

महिलाहरुको लगानीमा रुपन्देहीको तिलोत्तमामा महिला अस्पताल संचालन गरिने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल साउन १०।
रुपन्देहीको तिलोत्तमामा महिलाहरुको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ। तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डेले शनिवार सिलान्यास गर्नु भयो।

आगामी ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको उक्त अस्पतालमा यस क्षेत्रका २० जना महिला सेयर सदस्य रहेका छन । महिला अस्पतालमा महिला मात्रै सेयर सदस्य रहेका छन् ।

पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिनु भयो । अस्पतालमा ३ करोड बढीको लगानी रहने उहाँले बताउनु भयो । अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति व्यवस्थापन गरिने सचिव उमा अर्यालले जानकारी दिनु भयो ।

सो अबसरमा बोल्दै मन्त्री पाण्डेले महिलाहरुको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्ने गरि संचालन गर्ने अस्पतालको बिकासका लागि प्रदेश सरकाका तर्फवाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

उहाँले समयमै निर्माण सम्पन्न गरि अस्पतालले महिला र बालबालिकाका लागि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु संचालकहरु सम्वेदशिल हुन जरुरी रहेको औल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend