logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी अम्लेचौरमा हेफर नेपाल द्वारा स्थानियलाई बाख्रा वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी, गुल्मी साउन १०।
गुल्मी जिल्ला इस्मा गाउँपालिका ३ अम्लेचौरमा आइतबार हेफर नेपालको आर्थिक ‌सहयोग साझेदारी संस्था नव प्रभात युवा संघ द्वारा स्थानीयलाई बाख्रा बितरण गरेको छ।
सामुदायिक लागि बाख्रा उधम परियोजना अन्तर्गत  दिदी बहिनी बाख्रा वितरण शिर्षक परियोजनामा संयोजक प्रयास अधिकारीले स्थानिय गुल्मी इस्मा गाउँपालिका वडा नं ३ अम्लेचौरमा हेफर नेपाल द्वारा स्थानियहरूलाई बाख्रा वितरण गरेको बताए। सिदेश्वर समुहबाट अन्य तिन वटा समुहलाई र राधाकृष्ण समुहबाट ‌१ समुहलाई गरि १३ वटा बाख्रा १३ जनलाई बितरण गरिएको बताए । खोर सुधार को लागि तिनवटा समुहका तिन‌ जनालाई १०’००० का दरले बितरण गरिएको छ ।
कार्यक्रमको माया देवी मरासिनीको र विकास विष्टको सहजीकरणमा अध्यक्षता तुलसा जिसीको रहेको थियो। प्रमुख अतिथि इस्मा गाउँपालिका का प्रमुख लक्षण विष्ट, इस्मा गाउँपालिका उप प्रमुख बिमला खत्री, त्यसैगरी अतिथि वडा नं ३ का वडा अध्यक्ष तोयनाथ शर्मा सापकोटा, इस्मा गाउँ कार्यपालिका सदस्य कल्पना भुसाल, उपस्थिति रहेको थियो। सरोकार वाला अग्रज व्यक्तित्व युवा बुद्धिजीवी महिला लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

गाउँपालिका भित्र रहेका विकास र समृद्धिको लागि सबै एक जुट भएर हातेमालो गरि अगाडी बढने र क्षेत्रको बिकाशमा रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको दिदीबहिनी चुलो र चौको मा मात्र सिमित रहने दिन अब महिला सशक्तिकरणको लागि अगाडि बहनु पर्ने  बताए।

त्यसगरी स्थानीय तहमा रोजगारीका आयाम हरूलाई ‌बढवा दिने कृषि पर्यटन खानेपानी शिक्षा सडक बिधुत रोजगारी महिलाले पनि हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नु पर्ने क्षेत्रको विकास स्तर उन्नती गर्दै कृषक वर्गलाई कृषिबाटै आत्मनिर्भर बनाउने योजना रहेको लक्षमण विष्टले बताए।

‌

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend