logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीका युवाहरुले बुटवलमा सुरु गरे साढे तिन करोड लगानीमा “हाईपर मार्केट”


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली साउन ९।
गुल्मी-छापचौर मुल निवासी र हाल बुटवलमा रहि बिभिन्न ब्यवसायमा संङ्लग्न युवाहरुले ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा ‘नमस्ते हाईपर तथा बा एग्रो मार्ट’ सञ्चालनमा ल्याएका छन। विशेषगरी कृषकहरुको संयुक्त लगानी रहेको उक्त मार्ट बुटवल–११ कालिकानगरमा रहेको छ ।
कृषि मार्टसँगै सोही स्थानमा नमस्ते हाइपर मार्ट पनि आज’ग्राण्ड ओपनिङ’गरिएको छ । यस अघि रुपन्देहीकै सैनामैनामा सञ्चालित बुद्धनगर एग्रो फार्म लि.(बा फार्म) कै नाममा दर्ता गरी मार्टको स्थापना गरिएको सञ्चालकले जनाएका छन।
मार्टका बारे सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए भने आजबाट औपचारिक रुपमा एक समारोहका बिच उद्घाटन भएको छ। अस्ति सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै ‘बा एग्रो फार्मका’का अध्यक्ष कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवद्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

हाल सो मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै उनले आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि सोही किसिमका मार्ट सञ्चालनमा ल्याउने जनाए। उनले भने ‘कृषकलाई सहभागी गराई कृषि उत्पादन बढाउने र सबै किसिमका उत्पादनलाई बढाउने उद्देश्यले नयाँ सोँचका अनुसार मार्टको स्थापना गरेका हौं ।

साथै हामीले देशमै रोजगार प्रदान गर्ने उद्देश्यले पनि कृषि मार्टसँगै सबै किसिमका सामान एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मार्टको स्थापना गरेका हौं । हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।

मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए । उनले भने ‘कृषि क्षेत्रमा चलायमान बनाई यसको विस्तार गर्दै आगामी तीन वर्षमा आइपिओ जारी गर्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार हामी अगाडि बढेका छौं।

त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छाना मुनी कृषिजन्य,दैनिक उपभोग्य लगाएत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि ‘बा एग्रो मार्ट’सँगै स्थपना गरेको बताए । उनले कालिकानगर, मिलनचोक, देविनगर लगाएतका बासिन्दाहरुलाई नजिकमा नै सबै सामग्री उपलब्ध गराउने त्यसैगरी योगीकुटी लगाएत तिलोत्तमाबासीलाई पनि सहज हुने हुँदा कालिकानगरमा मार्ट स्थापना गरिएको र सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको बताए।

हालसम्म ‘बा एग्रो मार्टमा करिब एक सय ५० जना लगानी कर्ता रहेको र सो संख्या बढाउँदै जाने सञ्चालकले बताएका छन् । कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले बताए ।

दुबै मार्टको आजदेखि औपचारिक शुभारम्भ भएको छ। उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी लगाएत गुल्मी-छापचौर तथा बुटवलका उद्योगी, व्यवसायी, संस्थाका प्रमुख लगाएत जनप्रतिनिधि र राजनैतिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend