logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका शान्ता परियारको तिज कोसेली “एक्लै बनियो” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी साउन ७ ।
हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् । यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न व्यस्त छन् ।

लोकप्रिय गाकिा शान्ता परियारको तिज गीतको कोसेली ‘एक्लै बनियो’ सार्बजनिक भएको हो । माया प्रेममा आधारित रहेको तिज गीतमा गायिका शान्ताकै लय शब्द रहेको छ ।

जवानी ढल्कीदै जान थालेपछि बिहेपनि नहुनु एक्लै बन्दै जानु कथा बस्तु गीतमा रहेको गायिका परियारले बताइन् । गीतमा गाइने गीतहरु नारि बेदना नारि भावले बोकेका गीतहरु भने यस वर्ष खासै आएका छैनन् । तर गायिका परियारको गीतमा अबिवाहित नारिहरुको पिडालाई गीतमा समाबेश गरिएको छ ।

गीतमा दुर्गेश थापा, महेन्द्र गौतम, आसिर प्रताव जंग, बिनोद भण्डारी नारायण खत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मौलीक भाकामा तयार गरिएको गीतलाई धेरै दर्शक श्रोताले मन पराउने गायिका परियारले बताइन । गीत गायिका शान्ता परियारको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend