logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी सेवा समाज कतारले कोषाध्यक्ष ज्ञवालीलाई गर्यो विदाई


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, कतार साउन ६ ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ सन २००३मा स्थापना भएर कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले कोषाध्यक्ष कमल ज्ञवालीलाई स-सम्मान विदाई गरेको छ ।
ज्ञवाली कतारको बसाईलाई बिट मारेर स्वदेश फर्किन लागेको अवसरमा समाजले मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेको हो । सोहि अवसरमा समाजले आजीवन सदस्यता समेत प्रदान गरेको छ । ज्ञवाली बिगत लामो समयदेखि कतारमा कार्यरत रहदै सस्थामा आवद्ध भइ वर्तमान कार्यसमितिको कोषाध्यक्ष पदमा रहेर कार्य गर्दै आएका थिए ।
समाजका अध्यक्ष कुमार अविरल पन्थीको सभापतित्व रहेको कार्यक्रममा कोषाध्यक्ष कमल ज्ञवाली विशेष अतिथि रहेका थिए भने, समाजका संरक्षक विजय बस्नेत, प्रमुख सल्लाहकार झबिन्द्र आचार्य, सल्लाहकार बुद्ध पाण्डेय, भिम तरामु मगर, बाबुराम महत लगायत अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु, गुल्मेली तथा गैर गुल्मेलीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बुद्ध पाण्डे, झबिन्द्र आचार्य, विजय बस्नेत लगायतले बोलेका थिए । सोहि कार्यक्रममा बोल्ने वक्ताहरुले ज्ञवालीलाई मातृभुमीको यात्रा सफलताको कामना गर्दै थप प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै ज्ञवालीले संस्थाको सम्मान प्रति भावुक मुद्रामा खुसि व्यक्त गर्दै मातृभूमिमै स्वावलम्बी बनेर केही गर्ने आफ्नो लक्ष्य रहेको हुँदा वैदेशिक रोजगारीलाई आफूले बिट मारेको बताए । आफु जहाँ रहेपनि समाजसंग आवद्ध रहेर सामाजिक कार्यमा निरन्तर लागि रहने बताउँदै धन्यवाद तथा आभार प्रकट गरे ।

समाजका सचिव सुरज चन्दको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष पन्थीले ज्ञवाली संस्थामा सक्रिय भएर कार्य सम्पादन गर्ने विश्वासिला पात्र रहेको बताउदै ज्ञवालीको अभाव संस्थालाई परिरहे पनि मातृभूमिमा केही गर्छु भन्ने दृढ लक्ष्यले आफूलाई खुसी दिएको र जहाँ रहेपनि सामाजिक कार्यमा जोडीरहन आग्रह गर्दै मातृभूमिको यात्रा सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend