साझा नेटवर्क
सन्तोष महतारा
गुल्मी, ०५ साउन । गुल्मीमा विकल्प हुदाँहुदै बिकासको नाममा बिनाश गरेको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नम्बर ६ मा सडक बिस्तार गर्ने क्रममा थुप्रै बिकल्प हुदाँहुदै बिकासको नाममा बिनाश गरिएको स्थानीय रबिलाल भण्डारीले गुनासो गरेका हुन् ।
सडक विस्तार गर्दा विकल्प ह्ुदाँहुदै गाउँपालिकाको लापरबाही कारण घरलाई ठुलो क्षति हुने गरि विस्तार कार्य अगाडी बढाएको भण्डारीले आरोप लगाएका हुन् । साथै वडा नम्बर ६ कै किटेनी ओबान खोलामा कल्र्भट राख्दा पनि स्थानीयको चाहाना बिपरित राख्दा १० मुरी धान उत्पादन हुने खेतमा रोपाइँ गरेको सबै धान खोलाले बगाएको छ । ‘हामीले वडामा पटकपटक भनेपनि आफ्नै तरिकाले खोलामा आउने पानीको आकार भन्दा साना कल्र्भट राखेका छन् ।” स्थानीय भण्डारीले भने, “खोला थुनिएर खेतमा पसेपछि धान उत्पादन हुने सबै खेत बाँझोमा परिणत भएको छ ।” स्थानीय भण्डारीले वडा स्वतन्त्र नभएकोले आफुहरुले यस्ता थुप्रै समस्या भोग्नुपरेको र गाउँपालिकाबाट गरिएका कामहरु वडाले अनुगमन नगरेकोले आफुहरुलाई थुप्रै समस्या भएको वडाध्यक्ष सामु गुनासो गरेका हुन् ।
गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण बहादुर नेपालीले गाविस र वडामा धेरै अन्तर भएकोले गाउँपालिकामा निर्णय गर्ने र कार्यान्वयन वडामा गर्ने बताए । वडाले ३ लाखसम्मका योजना अनुगमन गर्न मिल्ने भएकोले ठुला योजनामा आफ्नो ध्यान नभएको स्किार गरे । सडक विस्तार, बाढीपहिरो र अन्य कारणले जोखिममा परेका प्रति घरलाई ५ हजार दिने कार्यविधि रहेकोले त्यसअनुसार सहयोग गर्ने बताएका छन् । बिकास गर्दा थोरैधेरै क्षति पुग्ने भन्दै कम क्षति हुनेगरी विकास निर्माण काम गरिने वडाध्यक्ष नेपालीले स्पष्ट पारे ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले किटेनी ओबान खोलामा ४ वर्ष अगाडी कल्र्भट राखेको भन्दै त्यसले अहिलेसम्म थेगेको बताए । “४ वर्ष सम्मको बर्षायाममा त्यस खोलाका लागि त्यहि कल्र्भटले थेगेको थियो ।” अध्यक्ष पोखरेलले भने, “हाम्रो लापरबाही होइन, ठुलो बर्षाका कारणले अहिले खोला खेतमा पसेकोले अब लगत्तै त्यस खोलामा थप कल्र्भट राखेर सडक बनाउँछौँ ।”
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend