logo
  • शुक्रबार, असोज ९ २०८३

सर्जक हुम गैरेको शब्द,लयमा गायिका कमला बि.सी.को ‘बिरहको तिज’ सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,  काठमाडौं  साउन ०४ । 

साउन लागे संगै तिजका गीतहरु बजारमा आउने क्रम बढेको छ । बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को तिज गीती कथा २०७८० बिरहको तिज बजारमा सार्वजनिक भएको छ ।

चर्चित गायक तथा सर्जक हुम गैरेको लय तथा शब्द संकलन रहेको गीतमा वरिष्ठ गायक ईन्द्र जि.सी.,चर्चित गायिका सिता के.सी,हुम गैरे,कमला बि.सी र धिरज खत्रीको सुमधुर स्वर रहेको छ । गायक,सर्जक गैरेकै निर्देशन तथा सम्पादन रहेको गितमा चर्चित मोडल प्रेम खड्का,धिरज खत्री,रमा ठकुरी,मधु रसाईली,अनिल भण्डारी,रामचन्द्र भण्डारी लगायतको जीवन्त अभिनय रहेको छ ।

बजारमा आएको छोटो समयमै युटुब तथा टिक टकमा धेरैको मन जितेको तिज गीत बिरहको तिजले समाजको वास्तविक यथार्थलाई चित्रण गरेको कुरा गीतका सर्जक गैरे बताउँछन् । चेली र माईती बिचको कारुणीक ब्यथालाई सुमधुर लय तथा शब्द मार्फत उतारिएको छ ।

गितको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend