साझा नेटवर्क
अनिल खत्री गुल्मी साउन १ ।
गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका वडानम्बर( १४ निवासी ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जीप धुर्कोटबाट तम्घास आउदै गर्दा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर( ४ अर्खलेमा भे १ च १९४३ नम्बरको जीपले छल्दि तर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जीपको ठक्करबाट घाइते पाण्डेको उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल ठक्कर दिने जीप सडक नजिकै पल्टिएको छ । जीपमा सवार चालक सहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend