logo
  • आइतबार, असोज ११ २०८३

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, असार ३१,

गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको  भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सुजन पाण्डेको मृत्यु भएको हो । बोलेरो जीपको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend