logo
  • शुक्रबार, असोज ९ २०८३

गायक रामचन्द्र चन्दको नयाँगित “कथा” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी असार ३१ ।
लोकप्रिय गायक तथा एरेन्जर रामचन्द्र चन्दको नयाँ एकल गित सार्वजनिक भएको छ । प्रेम कथामा आधारित गित “हाम्रो माया कमलको फूल बनोस लाई पुनः नयाँ संस्करणका साथ प्रकाशन गरी बजारमा ल्याईएको हो ।कथा नामक गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ । जानकी पन्तको लय, कमल खनालको संगीत, रुविन मगरले एरेन्ज गर्नुभएको गीत मन्जरी स्टुडियोमा रेकर्ड गरिएको थियो । झन्डै एक दशक भन्दा बढी समयदेखि नेपाली लोक संगितको यात्रामा निरन्तर लाग्दै आउनु भएका चन्दका दर्जनौं गीतहरु बजारमा आईसकेका छन् ।

हाल साँगितिक कर्मको शिलशिलामा काठमाडौंमा रहँदै आउनु भएका चन्द गायन सँगै संगित संयोजन तथा एरेन्जरको रुपमा समेत चिनिनुहुन्छ । आफ्नो पुरानो गीत लाखौं स्रोता र दर्शकले रुचादिनुभएकोले पुनः नयाँ संस्करण गरी बजारमा ल्याएको गायक चन्दले साझा नेटवर्क सँगको कुराकानीमा बताउनुभयो ।

भिडियो हेर्नुहोस।

https://www.youtube.com/watch?v=y8LrtkHa64A

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend