logo
  • आइतबार, असोज ११ २०८३

अविरल बर्षाका कारण कृष्णनगर डुबानमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु असार २७।
विगत केही देखिकाे अविरल वर्षाका कारण जिल्लाकाे कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । कृष्णनगर वडा नं. २ को मस्जिद रोड,नगरपालिका रोड,बैङ्क रोड लगायत बजार क्षेत्र डुबानमा परेको हो ।
अवैध अतिक्रमणका कारण पानी निकासको लागि नाली निर्माण हुन नसकेकाेले बजार क्षेत्र डुबानमा परेको नगरपालिका स्राेतले जनाएको छ । वर्षेनि डुबानमा पर्ने गरेकाेले ढल निकास निर्माणका लागि आर्थिक बर्ष २०७८/७९ मा १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले जनाउनुभयो ।
शिवविडी फैक्ट्रिदेखी सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन १ करोड बजेट छुट्ट्याउन लागिएको नगर प्रमुख शाहले बताउनु भएको छ ।
स्थानीयतह निर्वाचनपछि सुरुको तीन वर्षमा सडक विभागले ठेक्का गरेकाे कृष्णनगर बजारभित्रकाे ८ किलाेमिटर बाटाे र नाला तथा कृष्णनगर-चन्द्राैटा सडकखण्डकाे २० किलोमिटर बाटाे बनाउने स्पष्ट थियाे तर सडक बिभाग बजारकाे बाटाे र नालि निर्माण गर्न आफै पछि हटेकाले नगरपालिकाले बैंक राेड र नगरपालिका राेड बनाउन शुरु गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend