logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोट रजस्थल पूर्ण सरसफाईयुक्त वडा घोषणा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार २६।
गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थल पूर्ण सरसफाईयुक्त वडा घोषणा भएको छ। शुक्रबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडाध्यक्ष कृष्ण नेपालीलाई पूर्ण सरसफाईयुक्त वडा भएको प्रमाण–पत्र हस्तान्तरण गरे ।
गाउँपालिकामा पूर्ण सरसफाईयुक्त वडा घोषणा हुने रजस्थल पहिलो हो। पूर्ण सरसफाई कार्यक्रम गुल्मीमा ०७१ सालदेखि सुरु भएको हो। रजस्थलमा भने ०७३ सालदेखि उक्त परियोजना लागु भएको थियो। ०७३ सालमै रजस्थलका साविकका सातवडा वडा अर्थात हालका टोल पूर्ण सरसफाईयुक्त घोषणा भएका थिए।

असार १८ र १९ गते बाँकी दुई वटा टोल सरसफाईयुक्त घोषणा गरेसँगै सिङ्गो वडा नै पूर्ण सरसफाईयुक्त घोषणा गरेको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए। रजस्थलले सरसफाईका लागि आवश्यक छ वटा सुचक पुरा गरेको छ । जसको आधारमा रजस्थललाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरेको विश्वकर्माले बताए ।

पूर्ण सरसफाईयुक्त वडा घोषणा भएसँगै अब सार्वजनिक स्थान, विद्यालय, सरकारी कार्यालय लगायतका स्थानमा प्लास्टिक र प्लास्टिकजन्य वस्तु फाल्न पाइने छैन। कार्यक्रमकै अवसरमा वास संयोजक विश्वकर्मा, वास सहजकर्ता लालमणी भण्डारी, वास प्राविधिक जगत पराजुली, रजस्थलका सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरु, पूर्व वडा नागरिक मञ्चका संयोजकहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको अध्यक्ष पोखरेलले अब धुर्कोटका सबै वडालाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend