logo
  • आइतबार, असोज ११ २०८३

बजेट पारित गर्दै गौमुखी गाउँपालिकाको दसौं गाउँसभा सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल, प्युठान असार २५ ।
कृषि, शिक्षा पर्यटन र पुर्वधारमा प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्धि भए बन्छ गौमुखी राम्रो भन्ने मुल नाराका साथ आव २०७८/०७९ को आर्थिक बजेट पारित गर्दै गौमुखी गाउँपालिकाको दसौं गाउँसभा सम्पन्न भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष तुलसी सुनारले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्नु भएको हो।
सम्पन्न गाउँ सभाको प्राथमिकता बिपन्न गरिब जेहेन्दार विद्यार्थीहरुले डाक्टर ,इन्जिनियर ,स्टाफ नर्स नर्सिङ पढ्न चाहनेका लागि पालिकाले ५०% लगानी गर्ने,नमुना पुस्तकालय स्थापना,घरदैलोमा डाक्टर कार्यक्रम संचालन गरि घर घरमा चिकित्सकिय सेवा,सुत्केरी संग पौस्टिक आहार प्याकेज कार्यक्रम ,६० बर्ष देखि ७० बर्ष ननाघेका जेष्ठ नागरिकलाई मासिक ५०० र परापुर्व कालदेखि सञ्चार बिहिनको अवस्थामा टोल-टोल, गाउँ-गाउँमा खबर बुलन्द गर्दै आएका कटुवालहरुलाई मोबाईल उपलब्ध गराउने रहेका छन।
त्यस्तै भौगोलिक पुर्बधार, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिधुत, पर्यटन, सिंचाइ, खेलकुद महिला, दलित, जनजाति, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायतका क्षेत्रमा बजेट बिनियोजन भएको छ। भने गाउँसभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ब्यबस्थापन गर्न बनेको विधेयक र जलस्रोत तथा मुहान दर्ता सम्बन्धि दुई वटा विधेयक पारित भएका छन।
गाउँसभालाई सम्पन्न गर्दै अध्यक्ष गिरीले गौमुखी गाउँपालिकाको सभाहल निर्माण, सबै सातैवडामा वडा कार्यालय भवन सम्पन्न, स्वास्थ्य चौकी र ८ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना, बिपन्न गरिब १५८७ घरधुरीले जस्तापाताले घर छाइ सकेको सबै वडामा सडक निर्माण भइ बस संचालनभएको  र आगामी वर्षमा गाउँपालिकाको हस्पिटल तथा प्रशासकिय भवन निर्माण कार्य थालिने बताउनु भयो ।

कार्य सम्पादन, मुल्यांकन, समन्वय र सहजीकरण गरे बापत केही जनप्रतिनिधि सम्मानित भएका थिए । सो गाउँसभाको संचालन प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend