साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग असार २२ ।
बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. २ स्थित खर्वाङ बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले सोमवार पनि कार्वाहि स्वरुप जरिवाना गराएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको रसिदमा प्रति व्यक्ति १०० रुपैयाका दरले मंगलवार ९ जनालाई कार्वाहि गरिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक अनुप केसिले जानकारी दिनुभएको छ।
यस अघि सोमवार प्रहरीले १३ जनालाई कार्वाहि गरेको थियो। बडिगाड गाउँपालिका वडा नं. २ को बजार क्षेत्रलाई असार २७ गते सम्म सिल गरिएको छ।
असार १७ गते पिसिआरको लागि लिइएको स्वाव परिक्षणबाट ४६ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा नं. २ लाई सिल गरिएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend