साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग असार २२।
गैर आवासिय नेपाली संघ (एनआरएनए)को सहयोग तथा नेपाली काग्रेस बागलुङ क्षेत्र नं. २ का सभापति दोर्ण कुँवरको समन्वयमा वडिगाड गाउँपालिका भित्रका ५ स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।
बडिगाड गाउँकार्यपालीकाको कार्यालय परिसरमा सोमवार एक कार्यक्रमका विच वडा नं. १ को दगातुन्डाडा स्वास्थ्य चौकी, वडा नं. ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नं. ४ को जलजला स्वास्थ्य चौकी, वडा नं. ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नं. ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक/एक थान कन्सन्ट्रेटर मेसिन उपलब्ध गराइएको हो।
सो सहयोग हस्तान्तरण गर्दै क्षेत्रिय सभापति कुँवरले दुरदराजका वस्तिमा सेवा पुर्याउने उद्धेश्यले सहयोगमा जुट्ने सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्दै आफुले पनि नागरिक दायित्व वहन गरेको बताउनु भएको थियो। विपद्को वेला सवै क्षेत्र एक आपसमा सहकार्य गर्दै जुट्नुपर्ने भन्दै कुँवरले त्यसको लागि आफुले समन्वय गरेको बताउनु भयो।
कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, नेकपा (एमाले) बडिगाडका अध्यक्ष गुणानिधि घिमिरे, नेपाल महिला संघका दिलमाया पौविलगाएतले बोल्दै समन्वय गर्ने कुँवर सहित सवै सहयोग दातालाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
सो कार्यक्रममा उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी, वडाध्यक्षहरु, सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएतको सहभागिता रहेको थियो।
कुँवरकै समन्वयमा कुवेर ट्रष्टको सहयोगबाट बागलुङ क्षेत्र नं. २ का ४८ वटै वडामा एक व्यक्ति एक मास्क कार्यक्रम चलिरहेको छ। सो कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मौसमकाजि क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend