logo
  • आइतबार, असोज ११ २०८३

बागलुङ्गको खर्वाङमा पहिलोपटक मास्क नलगाउनेलाई जरिवाना, बजार क्षेत्रमा कडाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ्ग असार २१ ।
बडिगाड गाउँपालिकाको वडा नं. २ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्याधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ। यसै विच प्रहरी चौकी खर्वाङले मास्क नलाई हिँड्ने १३ जनालाई कार्वाहि गरेको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङको रसिदमा प्रति व्यक्ति १०० रुपैयाका दरले जरिवाना गरेको हो। स्वास्थ्य मापदण्ड पालना नगर्ने जोकोहिलाई कार्वाहि हुने र पुनः गल्ती दोहोराउनेलाई थप कार्वाहि हुने प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक अनुप केसिले जानकारी दिनुभएको छ।
यस अघि आइतवार बडिगाड गाउँपालिका वडा नं. २ को कार्यालयले सरोकारवालासहितको बैठकवाट वडा नं. २ को बजार क्षेत्रलाई असार २७ गते सम्म सिल गर्ने निर्णय गरेको थियो। त्यस्तै बडिगाड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मापदण्ड पालना गराउन ध्यानाकर्षण गराएको थियो।
असार १७ गते पिसिआरको लागि लिइएको स्वाव परिक्षणबाट ४६ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा नं. २ लाई सिल गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend