साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार असार १८ ।
नेपाल पत्रकार महासंघ कतार शाखाको सातौं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । जुम भर्चुअल रूपमा सम्पन्न अधिवेशनबाट पुन: एक कार्यकालका लागि करिम बक्स मियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन ।
नयाँ कार्यसमिति गठन प्रक्रिया पूर्ण सहमतिमा सम्पन्न भएको छनौट प्रक्रिया समितिका संयोजक क्रान्ति सिंहले साझा नेटवर्कलाई जानकारी दिए । गत डिसेम्बरमा अधिवेशन गर्ने अन्तिम तयारी गरिएपनि कोरोनाका कारण अधिवेशन गर्न ढिलाइ भएको थियो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवराज बिक र दिल कुमार श्रेष्ठ, सचिवमा ढाकाराम पौडेल, सहसचिव दिलीप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर सदस्यहरू लीलामणि पन्थी (कुमार अविरल) र टेकराज थापा रहेका छन ।
संघको विधान अनुसार नयाँ कार्यसमितिको पूर्ण बैठकपछि पार्षद आव्हान गरिने र महिलालाई प्राथमिकतामा राखेर कार्यसमितिलाई थप विस्तार गरिने प्रतिवद्धता नव निर्वाचित मियाँले गरेका छन् ।
कतारको कानुनको दायरामा रहँदै सङ्घले कार्यसम्पादन गर्ने तथा परिस्थिति अनुकूल रहे विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गरी संघलाई थप बलियो बनाउने प्रतिवद्धता समेत गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend