साझा नेटवर्क
केशब गौतम, गुल्मी असार १६।
गुल्मीमा नयाँ भेरियन्ट सहितको कोरोना भाईरसलाई चेनब्रेकको लागि गुल्मीमा निषेधाज्ञा आगामी असार २२ गतेसम्म लम्बाईएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई नियन्त्रण हुने गरि गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार २२ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको प्रशासनले जनाएको छ।
यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञा समय अबधिमा व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खेल्न पाइने भएको छ। त्यस्तै जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्।
बैक तथा सहकारी सस्था,बिमा कम्पनी बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय बाट मात्र सेवा दिने गरि सुरक्षा साबधानी अपनाएर खेल्न पाउने भएका छन्। जिल्ला भित्र निर्माणसामाग्री,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने। जिल्लामा अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन्।
सार्वजनिक यातायात भने बन्द रहने छन्। निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend