logo
  • आइतबार, असोज ११ २०८३

पर्यटनको माध्यमवाट मुलुकको विकास गर्न सकिन्छ भन्नेहरुको ह्दय विशाल हुनु पर्नेमा जोड


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल असार १५ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आफनो २३ औ स्थापना दिवश रचनात्मक कार्य गरि मनाएको छ । कोरोना कहरले थला परेका पर्यटन व्यवसायीले आफनो व्यवसायीक संस्थाको स्थापना दिवशलाई विभिन्न रचनात्मक काम गरि मनाएका हुन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले स्थापना दिवशको अवसरमा रक्तदान ,कोभिड अस्पतालमा रहेका विरामी तथा स्वास्थ्य कर्मीलाई खाना खुवाएर र व्यवसायी रामुसापकोटाको छोरीको उपचारका लागि आर्थिक रकम ४४ हजार २ सय रुपैयां प्रदान गरि मनाएको छ । संघले मंगलवार बुटवलमा आयोजना गरेको रक्तदानमा ४५ जनाले रत्तदान गरेको संयोजक रामु न्यौपानेले बताउनु भयो ।

त्यस्तै सद्धोधन गाउंपालिकाको मोतीपुर स्वास्थ्य केन्द्रको कोभिड अस्पतालमा १५० जनालाई खाना खुवाएको कार्यक्रम संयोजक केशव कंडेलले बताउनु भयो ।

सोही समारोहमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले युग अनुसार चल्नका लागि व्यवसायीले आफुनो पेशालाई परिमार्जन गर्न जरुरी रहेको औल्याउनु भयो । उहाले पर्यटन व्यवसायी स्वागत , सत्कार गर्ने पेशा भएको र पर्यटनको माध्यमवाट मुलुकको विकास गर्न सकिन्छ भनेर लागेकाहरुको ह्दय विशाल हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा महा संघका सह कोषाध्यक्ष मोदनाथ वेल्वासेले पाल्पाको पर्यटकिय क्षेत्र नुवाकोटमा संघले संचालन गर्ने भनी ५ वर्ष पहिले पर्यटन सूचना केन्द्रको नाममा वोर्ड स्थापना गरिएकोमा हालसम्म त्यसवारे थप प्रगती हुन नसकेकोमा चिन्ता व्यक्तगदै पर्यटन सुचना केन्द स्थापना मा गम्भिर हुन माग गर्नु भयो ।

कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले कोरोना कहरले व्यवसायीले भोग्नु परेका समस्याका वारेमा सरकारले केही सम्वोधन गरे पनि प्रकिृया झन्झटीलो हुनाले सेवालिन समस्या हुने गरेको धारणा राख्नु भयो ।

कार्यक्रममा होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी ,प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, राधा थापा, लगाएतले संघले व्यवसायीले भोग्नु परेका विविध समस्याका सवालमा सरोकारवाला निकायसंग पहल गर्न माग गरेको महासचिव माधव कुमार खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend