साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाज कतारले दुबै मृर्गौला फेल भएर उपाचार गराईरहेका लोक बहादुर बिसीलाई ४० हजार ७ सय २९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिसीको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि सस्थालाई अपिल गरिएको थियो । समाजका प्रमुख सल्लाहकार झबिन्द्र आचार्यको पहल तथा समाजको समन्वयमा रकम सङ्कलन गरेर सहयोग गरिएको हो ।
त्यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बिसीको उपचारमा सहयोगार्थ ३७ हजार रुपैयाँ प्रदान गरेको छ । महासंघको संस्थागत सहयोग ७ हजार र अन्य सदस्यहरुबाट संकलित ३० हजार गरि ३७ हजार रुपैयाँ सहयोग गरेको हो ।
नेपाल पत्रकार महासंघ पाल्पाका शाखा सदस्य समेत रहेका सुवास बिसीका बुवा लोक बहादुर बिसी दुबै मृर्गौला फेल भइ हाल बुटवलमा उपचाररत छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend