साझा नेटवर्क
कमल पौडेल
१५ असार,बागलुङ
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना तथा उपप्रमुख विष्णु भुसाल सहितको टोलीले जिल्लाको पश्चिम क्षेत्रका विभिन्न योजनाहरुको अनुगमन गरेको छ। स्थानीय पूर्वाधार विबास साझेदारी कार्यक्रम अन्तरगत गलकोट नगरपालिकामा सञ्चालित चौराहा सामुदायीक भवन दुदिलाभाटी, सितलपाटी युवाक्लव खेल मैदान, घसघसा नरेठाँटी, सिमलबोट लाम्पाटा हिस्लान मोटरबाटो हरिचौर, मजुवा नेपाने भुजुङ्गे, गल्याङ चाल्सेटोला मोटरबाटो काँडेवास, रिस्मि भालुपाइले मोटरवाटो मल्म तथा पालिकाद्धारा सञ्चालित विभिन्न विकास आयोजनाहरुको अनुगमन गरेको हो। त्यस्तै ताराखोला गाउँपालिकामा निर्माणधिन साँस्कृतिक संग्रहालय, गाउँपालिका, प्रदेश तथा संघिय सरकारको साझेदारीमा निर्माणाधिन प्रशासनिक भवन साथै गाउँपालिकाद्धरा सञ्चालित विभिन्न विकास आयोजनाको पनि अनुगमन गरेको छ।

त्यस्तै टोलीले निसिखोला गाउँपालिकामा सञ्चालित रिनुवाङ सर्प बिवाङ मोटरबाटो, नवसिर्जनशिल प्रावि लुप्राबाङको विद्यालय भवन, झाँक्रिस्थान मन्दिरटोल पहिरो रोकथाम, जिल्ला समन्वय समितिको मौजाद कोषबाट निर्माणाधिन पशुपति आधारभुत विद्यालयको भवन तथा निसिखोला गाउँपालिकाको निर्माणाधिन प्रशासकिय भवन साथै पालिकाद्धारा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरेको उपप्रमुख भुसालले जानकारी दिनुभएको छ। सो अनुगमनमा जिल्ला समन्वय समितिका प्राविधिक सहित सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको समेत सहभागिता रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend